एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा एक महिना मैदान बाहिर रहने भएका छन् ।
एन्कलको चोट बोकेका पोग्बा आगामी डिसेम्बरबाट मात्र मैदान फर्कने भएका छन् ।
युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले पोग्बा डिसेम्बरबाट मात्र मैदान फर्कने बताए ।
'उनलाई पूर्ण रुपमा स्वस्थ्य रहन समय लाग्नेछ । सम्भवत हामीले उनलाई डिसेम्बरमा देख्ने छौँ,' सोल्सायरले भने ।
फ्रान्सका २६ वर्षीय पोग्बा गत सेप्टेम्बरमा आर्सनलसँगको खेलपछि मैदानमा देखिएका छैनन् ।
मुख्य खेलाडी पोग्बाले चोट बोकेपछि युनाइटेडलाई थप समस्या परेको छ ।