एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा सेभियाका लागि जाभियर हर्नान्डेज र लुकास ओकाम्पोसले एक एक गोल गरे ।
खेलको ६९ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । त्यसपछि ७८ औं मिनेटमा लुकासले गोल गर्दा सेभियाले २-० को सहज जित निकाल्यो ।
जितसँगै सेभियाले १० खेलबाट १९ अंक जोडेको छ । सेभिया लिगको पाँचौं स्थानमा छ । १३ अंक जोडेको गेटाफे ११ औं स्थानमा छ ।
अर्को खेलमा स्पानियोलले लेभान्टेलाई १-० ले हराएको छ ।