एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार राति भएको खेलमा एसपीएलसँग १-१ गोलको बराबरी खेल्दै नापोलीले अंक बाडेको हो ।
एसपीएलको मैदानमा सुरुवाती अग्रता बनाएपनि नापोली बराबरीमा रोकिएको हो ।
खेलको नवौं मिनेटमा एरिक मिलिकले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा जस्मिन कुर्टिकले गोल गर्दै एसपीएललाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् ।
बराबरीसँगै नापोलीले ९ खेलमा १७ अंक जोडेको छ । नापोली लिगको चौंथो स्थानमा छ । एसपीएल ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।
लिग अन्तर्गत नै अर्को खेलमा रोमाले एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै रोमा १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित मिलान १० अंक जोडेर १३ औं स्थानमा छ ।
