एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।
इमिरेट्स स्टेडियममा खेलको सातौं मिनेटमा सोक्राटिसको गोलबाट आर्सनलले अग्रता बनाएको थियो ।
खेलको नवौं मिनेटमा डेभिड लुइजको गोलबाट आर्सनलले २-० को अग्रता बनायो । तर, आर्सनलले त्यसलाई जोगाउन सकेन ।

खेलको ३२ औं मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काए । त्यसपछि खेलको ५२ औं मिनेटमा जोर्डन आयुले गोल गर्दै क्रिष्टललाई २-२ गोलको बराबरी ल्याउदै हारबाट जोगाए ।
यो बराबरीसँगै आर्सनलले १० खेलबाट १६ अंक जोडेको छ । आर्सनल लिगको पाँचौं स्थानमा रहेको छ । १५ अंक जोडेको क्रिष्टल छैटौं स्थानमा छ ।
