एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल सोसीडाडले साँघुरो जित निकालेको छ ।
आइतबार भएको खेलमा सोसीडाडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
सेल्टाको मैदानमा सोसीडाडलाई जित दिलाउन एलेक्सेन्डर इसाकले निर्णायक गोल गरे ।
१० खेलाडीमा सिमित घरेलु टोलीविरुद्ध इसाकले ८२ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ६६ औं मिनेटमा पापे चेइखले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै सोसीडाड लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोसीडाडले १० खेलमा १९ अंक जोडेको छ । र, बार्सिलोनासँगको अंक दुरी समेत बराबरी गरेको छ ।
पराजित सेल्टा ९ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा छ ।
