काठमाडौं । जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख क्लबले नेपाली समर्थकहरुलाई तिहारको शुभकामना दिएको छ ।
क्लबले आइतबार सामाजिक संजाल फेसबुकबाट तिहारको शुभकामना दिएको हो ।
नेपालीको महान चाड तिहारको दोस्रो दिन वायर्नले नेपाली समर्थकहरुलाई शुभकामना दिएको हो ।
फेसबुकमा वायर्नले लेखेको छ, 'नेपालका रहेका हाम्रा सम्पूर्ण समर्थकहरुलाई तिहारको शुभकामना ।'
साविकको बिजेता वायर्न यो सिजन लिगको ९ खेलबाट १८ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।
