एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा इन्टर पर्मासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा एन्टोनियो कान्ड्रेभाको गोलबाट खेलको २३ औं मिनेटमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो ।
२६ औं मिनेटमा यान कारामोले गोल गर्दै पर्मालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ३० औं मिनेटमा गेर्भिन्होले गोल गर्दै पहिलो हाफमा पर्मालाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा इन्टरका लागि लुकाकु नायक बने । खेलको ५१ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।
यो बराबरीसँगै इन्टरले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
दोस्रो स्थानको इन्टरले ९ खेलमा २२ अंक जोडेको छ । शीर्ष स्थानको युभेन्ट्सको २३ अंक रहेको छ ।
१३ अंक जोडेको पर्मा लिगको छैटौं स्थानमा छ ।