एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सफलता हात पारेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक बिल्बाओलाई २-० ले हराएको छ ।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन सउल निगुएज र अल्भारो मोरटाले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा निगुएजले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा मोरटाले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोले १० खेलमा १९ अंक जोडेको शीर्ष स्थानको बार्सिलोनासँगको अंक बराबर समेत गरेको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।
यस्तै पराजित बिल्बाओ १० खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल भालाडोलिडले इबरलाई २-० ले हराएको छ । लेगानेसले मालोर्कालाई १-० ले हराएको छ ।
