एजेन्सी । इटालियन क्लब युभेन्ट्सले इटालियन सिरी 'ए' अन्तर्गत लेसीविरुद्धको खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको छ ।
युभेन्ट्सले लेसीविरुद्ध खेल्ने टोलीमा रोनाल्डोलाई राखेको छैन । लिग अन्तर्गत नवौं खेल खेल्न युभेन्ट्सले शनिबार राति लेसीको भ्रमण गर्दैछ । तर, लेसीको भ्रमण गर्ने टोलीमा रोनाल्डो अटाएका छैनन् ।
युभेन्ट्सका मुख्य प्रशिक्षक माउरीसियो सर्रीले रोनाल्डो पछिल्लो समय निकै व्यस्त भएको कारण उनलाई विश्राम आवश्यक परेको हुँदा टिममा नराखिएको जनाएका छन् ।
रोनाल्डोले यस सिजन १० खेलमा ५ गोल गरिसकेका छन् ।
लिगमा युभेन्ट्स ८ खेलमा २२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
