नेपालका सोम फाइनल चरणमा प्रवेश
बुधबार, कार्तिक ६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । चीनमा जारी सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा नेपालका सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गरेका छन् ।
बुधबार भएको हिट चरणको खेलमा दोस्रो हुँदै सोमले फाइनल चरणमा स्थान बनाएका हुन् । चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरे ।
सोमले प्रतिस्पर्धा गर्ने ८०० मिटरमा ८ खेलाडीले फाइनल चरणमा खेल्नेछन् । फाइनल चरण बुधबार साँझ हुनेछ ।
एथलेटिक्सको ८०० मिटर स्पर्धामा सोमको नाममा नेपालमा राष्ट्रिय कीर्तिमान रहेको छ । इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्समा १ मिनेट ५० दशमलब २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


