एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा स्विजरल्याण्डले जित निकालेको छ ।
मंगलबार राति भएको समूह चरणको खेलमा स्विजरल्याण्डले आयरल्याण्डलाई २-० गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा स्विजरल्याण्डलाई जित दिलाउन हारिस सेफेरोभिकले एक गोल गरे । स्विजरल्याण्डले एक आत्मघाती गोलको उपहार पाएको थियो । आयरल्याण्डका शाने डुफीले आत्मघाती गोल गरेका थिए ।
यस्तै खेलमा स्विजरल्याण्डका रिकार्डो रोड्रिगेज पेनाल्टीमा गोल गर्न चुकेका थिए । त्यस्तै कोलम्यानले रातो कार्ड पाउँदा अन्तिम १५ मिनेट आयरल्याण्ड १० खेलाडीमा सिमित भएर खेलेको थियो ।
यो जितसँगै समूह 'डी' को स्विजरल्याण्डले ६ खेलबाट ११ अंक जोडेको छ । र, स्विजरल्याण्डले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाउदै लगेको छ । स्विजरल्याण्ड समूहको तेस्रो स्थानमा छ ।
पराजित आयरल्याण्ड ७ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा छ ।
