एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इटालीले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको समूह चरणको खेलमा इटालीले लिक्टनस्टीनलाई ५-० गोल अन्तरले हराएको छ ।
लिक्टनस्टीनको घरेलु मैदानमा इटालीलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे ।
यस्तै फेडेरिको बेर्नारडेस्ची, एलिस्सो रोमागोन्ली र स्टेफेन इल शारवेले एक एक गोल गरे ।

जितसँगै समूह 'जे' को इटालीले ८ खेलमा अपराजित रहदै २४ अंक जोडेको छ । शीर्ष स्थानको इटाली यसअघि नै युरोकपमा छनोट भईसकेको छ ।
पराजित लिक्टनस्टीन २ अंक जोडेर समूहको पुछारमा छ ।

