काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपालले जोर्डनसँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३-० ले पराजित भएको हो ।
घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरे ।
जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।
नेपाल र जोर्डनबीचको खेल फोटोमा हेर्नुहोस् ।
तस्बिर - जोर्डन फुटबल











