काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा भारतले बराबरी खेलेको छ ।
मंगलबार भएको खेलमा भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो । भारतले बंगलादेशले बनाएको एक गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो ।
खेलको ४१ औं मिनेटमा साद उद्दीनको गोलबाट बंगलादेशले अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा आदील खानले गोल गर्दै भारतलाई हारबाट जोगाए ।
यो बराबरीसँगै समूह 'ई' को भारतले ३ खेलबाट २ अंक जोडेको छ । बंगलादेशले ३ खेलमा १ अंक जोडेको छ । भारत चौंथो र बंगलादेश पुछारमा रहेको छ ।