काठमाडौं । विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्व खेलका लागि नेपालको सुरुवाती-११ को घोषणा भएको छ ।
प्रशिक्षक योहान कालिनले जोर्डनविरुद्ध तीन खेलाडी परिवर्तन गरेका छन् । अष्ट्रेलियासँग खेलमा मैदान उत्रिएको टोलीमा ३ खेलाडी परिवर्तन गरिएको हो ।
जोर्डनविरुद्ध मुख्य फरवार्डमा विमल घर्ति मगरलाई राखिएको छ । अष्ट्रेलियाविरुद्ध अभिषेक रिजाललाई सुरुवाती-११ मा राखिएको थियो ।
यस्तै मिडफिल्डर विशाल राईको स्थानमा सन्तोष तामाङलाई प्लेईङ सेटमा राखिएको छ । डिफेन्डर रञ्जित धिमालको स्थानमा सुमन अर्याललाई पहिलो रोजाईमा राखिएको छ ।
नेपालको प्लेईङ -११
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रबि पासवान
फरवार्ड : विमल घर्ति मगर
