काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपालको समूहमा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा फराकिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा अष्ट्रेलिया चाईनिज ताइपेलाई ७-१ गोल अन्तरले पराजित गर्यो ।
अष्ट्रेलियाको जितमा एडम टाग्गर्ट, ह्यारी सुटर, ज्याक्सन इर्भिनेले समान २/२ गोल गरे । जामी म्याकलरेनको नाममा एक गोल रह्यो ।
ताइपेका यी वि चेनले एक गोल फर्काए ।
जितसँगै समूह 'बी' को अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ९ अंक जोडेको छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । तीन खेलमा पराजित ताइपे अंक विहिन रहदै समूहको पुछारमा रहेको छ ।