काठमाडौं । भारतले तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपको उपाधि जितेको छ ।
भुटानको थिम्पुमा मंगलबार भएको उपाधि भिडन्तमा बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा भारतले बंगलादेशलाई पेनाल्टीमा ५-३ गोल अन्तरले पराजित गर्यो ।
चाङ्लिमिथाङ रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा दुवै टिम शीर्ष दुईमा रहदै फाइनल पुगेका थिए ।
नेपाल र भुटान भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।
