एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ ।
समूह चरणको खेल अन्तर्गत सोमबार राति फ्रान्सले टर्कीसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्सले बराबरी खेलेको हो । खेलको ७६ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८२ औं मिनेटमा कान यहानले गोल गर्दै टर्कीलाई हारबाट जोगाए ।

टर्कीसँग बराबरीमा रोकिएसँगै फ्रान्सको युरोकप छनोट लम्बिएको छ । समूह 'एच' मा रहेको फ्रान्सले ८ खेलमा १९ अंक जोडेको छ । फ्रान्स समूहको दोस्रो स्थानमा छ ।
८ खेलमा १९ अंक जोडेको टर्की भने शीर्ष स्थानमा छ ।
