काठमाडौं । युरो छनोट अन्तर्गत ईङल्याण्डले बुल्गेरियामाथि ६-० काे फराकिलो जित निकालेको छ ।
सोमबार राति प्रभावशाली जित आत्मसाथ गरेपनि बुल्गेरियाका समर्थकको रंगभेदी दुर्व्यवहारले ईङ्लिस टोलीको जित छाँयामा पर्यो ।
बुल्गेरियाका समर्थकले ईङ्ल्याण्डका कालाजातीका खेलाडीलाई लक्षित गर्दै पहिलो हाफमा नाजी स्यालुट गर्दै बादरको आवाज निकालेका थिए ।
ईङ्ल्याण्डको जितमा रोस बार्कली र रहिम स्टर्लिङले समान दुई दुई गोल गरेका थिए । मार्कोस रासफोर्ड र ह्यारी केनले एक एक गोल गरेका थिए ।
समुह एको खेलमा शीर्ष स्थानको ईङ्ल्याण्डले ६ खेलबाट १५ अंक जाड्यो ।
बुल्गेरिया ३ अंक सहित तालिकाको पुछारमै रह्यो ।