एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमार चार हप्ता मैदान बाहिर रहने भएका छन् ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको क्रममा चोट बोकेपछि नेयमार चार साता मैदान बाहिर रहने भएका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले नाईजेरियासँगको खेलमा चोट बोकेका थिए । उनले देब्रे खुट्टाको ह्यामिस्ट्रिङ चोट बोकेका छन् ।
आईतबार नेयमारले चोट बोकेको खेलमा ब्राजिलले नाईजेरियासँग १–१ गोलको बराबरी खेलेको हो । नेयमारले चोट बोक्दै १२ औं मिनेटमा मैदान छाडेका थिए ।
अब नेयमारले फ्रेन्च लिगमा कम्तिमा ६ खेल गुमाउने छन् ।