एजेन्सी । चिलीका स्टार फरवार्ड एलेक्सेस साञ्चेज तीन महिनासम्म मैदान बाहिर रहने भएका छन् ।
शनिबार कोलम्बियाविरुद्वको खेलमा पैतलामा चोट बोेकेका साञ्चेज तीन महिनासम्म मैदान बाहिर रहने भएका हुन् ।
चिलीका प्रशिक्षक रिनाल्डो रुएडाले अन्तराष्ट्रिय खेलमा चोट बोकका साञ्चेज अर्को बर्षमात्र मैदान फर्कने बताएका हुन् ।
साञ्चेजको शल्यक्रियापछि एकिन समय टुङ्गो लाग्ने प्रशिक्षकको भनाई छ ।
चिलीका फरवार्ड प्रिमियर लिग क्लब म्याचेष्टर युनाईटेडबाट लोनमा यसै सिजन सिरि ए क्लब ईन्टर मिलान गएका थिए ।
चिलीले भोलि (मंगलबार) गिनीसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

खेलअघि बोल्दै प्रशिक्षक रुएडाले साञ्चेज आफुसंग नरहने प्रष्ट पारेका हुन् ।
'उनी ईन्टरको सल्यक्रियामा जानुपर्नेछ । दुई वा तीन महिना उनी मैदान बाहिर रहनेछन् ।' उनले भने ।
'यो लज्जाको बिषय हो । उनी क्लबमा खेल्न सुरु गरेका थिए । उनले दुई गोल गरेका थिए । च्याम्पियन्स लिगमा खेलेका थिए ।' उनले भने, 'हामीले प्रतिक्षा गर्न पर्छ । अघिल्ला केही घण्टा महत्वपुर्ण हुन्छ । ईन्टरले के निर्णय गर्छ । उनी हाम्रा लागि एलेक्सेस साञ्चेज हुन् । ईन्टरका लागि उनी एक खेलाडी हुन् ।'

युनाईटेडमा रहदाँ मुख्य प्रशिक्षक आले गुनर सोल्सायर फरवार्ड साञ्चेजको प्रर्दशनमा असन्तुष्ट थिए ।
तर ईन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले साञ्चेजलाई निकै आश गरेर सिरि ए क्लबमा ल्याएका थिए ।
साञ्चेजले पछिल्लो हप्ता युभेन्ट्ससंग २–१ ले पराजित भएको खेल गुमाएका थिए । प्रशिक्षक एन्टोनियो कोन्टेले साञ्चेजलाई थप केही महिना गुमाउने भएका छन् ।
साञ्चेज फर्ममा देखिन समय लागेपनि उनका युनाईटेडका सहकर्मी रोमेलु लुकाकुले राम्रो प्रर्दशन गरेका छन् । उनले पछिल्ला सात सिरि ए खेलमा तीन गोल गर्दै राम्रो सुरुवात गरेका छन् ।