एजेन्सी । युरोपेली फुटबल महासंघ (युइएएफए)ले एभर्टनका स्टार खेलाडी सेन्क टसनको गोलमा टर्कीका खेलाडीले गरेको खुसीयालीको छानबिन गर्ने बताएको छ ।
अल्बानियाविरुद्धको खेलमा टसनको गोलमा टर्कीका खेलाडीले मिलिटरी सेलुट गर्दै खुसीयाली मनाएका थिए ।
‘बाटोको अन्त्यमा सधैं विजेता नै हुनेछ । सात खेलपछि पनि हामी छनोटको समुहको शीर्ष स्थानमा छौं । यो जित हाम्रा सैनिक प्रति प्रकट गर्छौं ।’ इन्स्टाग्राममा टर्किस फुटबल महासंघले समेत खेलाडीले सेलुट गरेको फोटो पोस्ट गर्दै भनेको छ ।
यस्तै, टसनले इन्स्टाग्राममा सेलुट गरेको फोटो पोस्ट गर्दै भनेका छन्, ‘आफ्नो देशका लागि, अझ हाम्रो देशको लागि आफ्नो जीवन दाउमा राखेका छन् ।’
टर्कीको पोस्टमा उत्तेजना देखिएको युईएफएका प्रवक्ता फिलिप टाउनसेन्डले बताएका छन् ।
‘म निश्चित गर्छु, यो छानबिन हुनेछ ।’ उनले भने ।
टर्कीस खेलाडीको ‘सेलुट’ विवादमा
इस्तानबुलमा भएको खेलमा टर्कीले १–० को गोल अन्तरमा विजयी भएको थियो । जितसंगै टर्की सन् २०२० को युरो कप छनोट अन्तर्गत समुह एचको शीर्ष स्थानमा उक्लिएको छ ।
गत बुधबार सिरिया र टर्कीको सिमा क्षेत्रमा कुर्दिसद्वारा नेतृत्व गरिएको सिरियन प्रजातान्त्रिक शक्ति (एसडीएफ)बीच भएको लडाईमा दुवै देशका दर्जनौं जनता र लडाकु मारिएका थिए ।
कुर्दिसले सिरियासंग टर्कीको प्रतिरोधमा सम्झौता गरेको थियो ।