काठमाडौं । खेलाडीको तलबमा मात्र म्यानचेष्टर युनाईटेडले प्रिमियर लिगमा सर्वाधिक रकम खर्च गरेको छ ।
पछिल्लो रिपोर्ट अनुसार युनाईटेडले खेलाडीको तलबमा मात्र बार्षिक ३ सय ३२ मिलियन पाउण्ड रकम खर्च गरेको हो ।
पछिल्लो तीन बर्षमा युनाईटेडको तलब खर्चमा मात्र ४३ प्रतिशतले वृद्वि भएको छ ।
युनाईटेडले गोल किपर डी गियालाई साप्ताहिक ३ लाख ७५ हजार र पाउल पोग्बालाई २ लाख ९० हजार पाउण्ड उपलब्ध गराउदै आएको छ ।
दुवै खेलाडी युनाईटेडबाट धेरै रकम बुझ्ने खेलाडी हुन् ।

तलबमा आकारले कीर्तिमान रचेपनि युनाईटेडको प्रर्दशन भने पछिल्लो ३० बर्षकै खराब छ ।
पछिल्लो वित्तिय रिपोर्ट अनुसार युनाईटेडले पछिल्लो तीन बर्षमा तलबमा मात्र सय मिलियन पाउण्ड रकम बढी खर्च गरेको छ ।
युनाईटेडले पछिल्ला बर्षमा खेलाडीको तलबमा मनग्य खर्च गर्दै आएको छ ।
एलेक्सेस साञ्चेजले युनाईटेडमा रहदाँ साप्ताहिक ४ लाख पाउण्ड पाउदै आएका थिए । सोही कारण युनाईटेडको पहिलो टिमको खर्चलेनै ३ सय ३२ मिलियन पाउण्ड नाघेको हो ।

खर्चमा कीर्तिमान कायम गरेपनि युनाईटेडको प्रर्दशन नयाँ सिजन निराशाजनक छ । क्लबले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना देखाईरहेको छैन ।
क्लब प्रिमियर लिगको तालिकाको १२ औ स्थानमा छ । पछिल्लो खेलमा न्युक्यासलसंग पराजित भएपछि युनाईटेड रेलिगेशन जोन भन्दा २ अंकले मात्र माथि रहेको छ ।