एजेन्सी । विश्व फुटबलको क्लब वरियतामा स्पेनिस क्लब बार्सिलोना शीर्ष स्थानमा रहन सफल भएको छ ।
क्लब वर्ल्ड र्याङकिङ डटकमले सार्वजनिक गरेको वरियतामा वार्सिलोना शीर्ष स्थानमा रहेको हो ।
यस्तै इन्ग्लिश क्लब लिभरपुल वरियताको दोस्रो स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको रिभर प्लेट तेस्रो स्थानमा रहदा इन्ग्लिश क्लब म्यानचेस्टर सिटी चौंथो स्थानमा झरेको छ । स्पेनिस क्लब भ्यालेन्सिया पाँचौं स्थानमा छ ।
नयाँ वरियता अनुसार स्पेनकै रियल मड्रिड छैटौं, अर्जेन्टिनाको बोका जुनियर्स सातौं, ब्राजिलको एथ्लेटिको पारानेन्सा आठौं, ब्राजिलकै पाल्मेरिस नवौं र इंग्ल्याण्डको चेल्सी दशौँ स्थानमा छ ।
वरियतामा आर्सनल ११ औं स्थानमा रहदा इटालियन क्लब युभेन्ट्स १९ औं र वायर्न म्युनिख १३ औं स्थानमा छ । फ्रेन्च क्लब पीएसजी २५ औं स्थानमा रहदा म्यानचेस्टर युनाइटेड ४६ औं स्थानमा छ ।