एजेन्सी । युरोकप छनोटमा नेदरल्याण्ड र जर्मनले महत्वपुर्ण जित आत्मसाथ गरेका छन् ।
आईतबार राति भएको खेलमा नेदरल्याण्डले बेलारुस र जर्मनीले ईस्टोनियाविरुद्व महत्वपुर्ण जित हासिल गरेका छन् ।
समूह सी अन्तर्गत नेदरल्याण्डले बेलारुसलाई २–१ र जर्मनीले इस्टोनियालाई ३–० गोल अन्तरले हराउन सफल रहे ।
डच टिमलाई जित दिलाउन दुवै गोल लिभरपुलका मिडफिल्डर जोर्गिन्हो विचनाल्डमले गरे ।
३२ औ मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

बेलारुसका ड्रागनले ५३ औ मिनेटमा एक गोल गोल फर्काए ।
अर्को खेलमा जर्मनीले ईस्टोनियाविरुद्व ३–० को सहज जित दर्ता गरायो ।
जर्मनीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।
५१ औ मिनेटमा इल्के गुएन्डोगोनले जर्मनीलाई अग्रता दिलाएका थिए । उनैले ५७ औ मिनेटमा जर्मनीको अग्रता दोब्बर पारे ।
७१ औ मिनेटमा टिमो वर्नरले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरेका थिए ।
समूह सीको खेलमा नेदरल्याण्ड ६ खेलबाट १५ अंक सहित शीर्ष स्थानमा रह्यो । जर्मनी समेत समान अंक बटुल्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा रह्यो ।
तेस्रो स्थानको नर्दन आयरल्याण्डले १२ अंक सहित दुवै टिमलाई दबाब दिईरहेको छ ।