एजेन्सी । युरोकप छनोटमा वेल्सले क्रोएसियासंग निराशाजनक बराबरी खेलेको छ ।
आईतबार भएको खेलमा वेल्सले विश्वकपको उपविजेता टोली क्रोएसियासंग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको नवौ मिनेटमा क्रोएसियाले निकोला वाचिकको गोलबाट खेलमा अग्रता लिएको थियो ।
बेलले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
बराबरीको नतिजापछि युरोकपमा छनोट हुने वेल्सको गणितिय सम्भावनामात्र बाँकी छ ।
एक हिसावले छनोटको सम्भावना वेल्सको हातबाट फुस्किसकेको छ ।

समुह ईको खेलमा बेल्स ८ अंक सहित तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको क्रोएसिया भन्दा वेल्स ६ अंकले पछाडी परेको छ ।