एजेन्सी । रुस युरोकपमा छनोट हुने तेस्रो टोली बनेको छ ।
आईतबार भएको खेलमा साईप्रसमाथि ५–० को फराकिलो जित निकाल्दै रुस युरोकपमा छनोट भएको हो ।
समूह आईको खेलमा रुसले १० खेलाडीमा सिमित साईप्रसमाथि फराकिलो जित निकाल्यो ।
डेनिस चेरसेवले नवौ मिनेटमा गोल गर्दै रुसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
मेगोमेड ओजदोयेवले २२ औ मिनेटमा रुसको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० ले अघि बढेको रुसले दोस्रो हाफमा थप तीन गोल थप्यो ।
आर्टेम डेजुबाले ७९ औ मिनेटमा रुसका लागि तेस्रो गोल गरे । अलेक्सा गोलोविनले ८९ औ मिनेटमा रुसलाई ४–० ले अघि बढाए ।
दोस्रो हाफको ईन्जुरी समयमा चेरसेवले ब्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई फराकिलो जित दिलाए ।
दुई खेल बाँकी छदाँ रुसले समुह आईमा तेस्रो स्थानको साईप्रससंग ११ अंकको अग्रता लियो ।
रुसले ८ खेलबाट २१ अंक जोड्यो । शीर्ष स्थानको बेल्जियमले २४ अंक बटुल्यो ।
साईप्रस १० अंक सहित तेस्रो स्थानमा रह्यो ।