एजेन्सी । पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टिम बनेको छ ।
आईतबार राति भएको खेलमा नर्थ मासिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट बनेको हो ।
पोल्याण्डले गरेको दुवै गोलमा पास भने रोबर्ट लेवान्डोस्कीले उपलब्ध गराए ।
७४ औ फ्रानकोव्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
उनले लेवान्डोस्कीेको क्रसलाई सुदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
८० औ मिनेटमा अर्काडियस मिलिकले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको उनले लेवान्डोस्कीको पासलाई सदुपयोग गर्दै टोलीका लागि दोस्रो गोल गरेका थिए ।
पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट भएको हो ।
समूह एच अन्तर्गत शीर्ष स्थानको पोल्याण्डले ८ खेलबाट १९ अंक जोड्यो । उसले तेस्रो स्थानको नर्थ मासिडोनियासंग ८ अंकको अग्रता लियो । मासिडोनियाको ११ अंक रह्यो ।
पोल्याण्डसंगै बेल्जियम, ईटाली र रुस अर्को बर्ष हुने प्रतियोगितामा छनोट भईसकेका छन् ।