एजेन्सी । प्रशिक्षक जासे माउरिन्होले विश्वका दुई सर्वश्रेष्ठ खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई सम्बन्धित शब्द दिएका छन् । उनले मेस्सीलाई जादु र रोनाल्डोलाई गोलको संज्ञा दिएका हुन् ।
उनले रोनाल्डोका लागि गोल शब्द उपयुक्त हुने र रोनाल्डोका चीरप्रतिद्वन्दी मेस्सीलाई जादुको रुपमा ब्याख्या गरेका छन् ।
माउरिन्हो स्पेनिस महारथी क्लब रियल मड्रिडमा रहदाँ रोनाल्डोसंग काम गरेका थिए । दुवैले स्पेनमा सफल सिजन बिताएका थिए । लगत्तै उनी लण्डन क्लब चेल्सीमा फर्किएका थिए ।
लण्डन फर्किए लगत्तै माउरिन्होले प्रिमियर लिगको उपाधि उचालेका थिए । उनले लण्डन शहरलाई जोशको रुपमा ब्याख्या गरेका छन् ।
उनले चेल्सीका पुर्व फरवार्ड डिडियर ड्रोग्बालाई लिजेण्डको रुपमा ब्याख्या गरेका छन् ।
प्रिमियर लिगमा चेल्सीलाई सफलता दिलाउन ड्रोग्बाले महत्वपुर्ण योगदान दिएका थिए । माउरिन्हो सुरुवाती चरणमा चेल्सीमा रहदाँ ड्रोग्बा उनका प्रिय खेलाडी थिए ।
उनले आफ्ना प्रिय खेलाडी माईकल एसियनलाई छोरा शब्द दिएका छन् भने डिएगो कोस्टालाई जनावर भनेका छन् ।