एजेन्सी । चेल्सीका पूर्व प्रशिक्षक क्लाउडियो रानिरी इटालियन क्लब साम्पडोरियाको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
सिरी 'ए' क्लब साम्पडोरियाले शनिबार रानिरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । साम्पडोरियाले मुख्य प्रशिक्षक फ्रान्सिस्कोलाई बर्खास्त गरेर रानिरीलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
फ्रान्सिस्कोको नेतृत्वमा क्लबले ७ खेलमा ६ हार व्यहोरेपछि साम्पडोरियाले उनलाई बर्खास्त गरेको थियो ।
लेष्टर सिटीका पूर्व प्रशिक्षक समेत रहेका रानिरीको नेतृत्वमा साम्पडोरियाले आगामी अक्टोबर २० मा रोमाको सामना गर्ने छ ।
लेष्टरलाई सन् २०१६ मा इन्ग्लिश प्रिमियर लिगको उपाधि दिलाएका रानिरी त्यसको ९ महिनापछि बर्खास्तमा परेका थिए ।