एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा स्विडेनले सहज जित निकालेको छ ।
शनिबार राति भएको समूह चरणको खेलमा स्विडेनले माल्टालाई ४-० गोल अन्तरले हराएको हो ।
माल्टाको घरेलु मैदानमा स्विडेनलाई जित दिलाउन सेबास्टियन लार्सेनले दुई गोल गरे । यस्तै मार्कुस डानिल्सनले एक गोल थपे । स्विडेनले एक आत्मघाती गोलको उपहार पायो।
स्विडेनका आन्द्री अगुइसले आत्मघाती गोल गरे ।
जितसँगै समूह 'एफ' को स्विडेनले युरोकपमा छनोट हुने सम्भावना कायम राखेको छ । स्विडेनले ७ खेलबाट १४ अंक जोडेको छ । स्विडेन तालिकाको दोस्रो स्थानमा छ ।
पराजित माल्टा ३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।