एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा डेनमार्कले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको समूह चरणको खेलमा डेनमार्कले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा डेनमार्कलाई जित दिलाउन युसुफ पाउलसेन नायक बने । खेलको ८५ औं मिनेटमा युसुफले गोल गर्दै डेनमार्कलाई महत्वपूर्ण ३ अंक दिलाए ।
जितसँगै समूह 'डी' को डेनमार्कले शीर्ष स्थानको आयरल्याण्डसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानको डेनमार्कले ६ खेलमा १२ अंक जोडेको छ ।

आयरल्याण्डको पनि ६ खेलबाट १२ अंक रहेको छ । पराजित स्विजरल्याण्ड ८ अंक जोडेर तेस्रो स्थानमा छ ।