एजेन्सी । सर्जियो रामोसको कीर्तिमानी खेलमा स्पेनले युरो कप छनोटमा नर्वेसंग गोल रहित बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा स्पेनले नर्वेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बराबरीको नतिजासंगै स्पेन युरो कप छनोटको नजिक पुगेको छ ।
समुह एफमा शीर्ष स्थानको स्पेनले ७ खेलबाट १९ अंक बटुलेको छ । उसले तेस्रो स्थानको रोमानियासंग ६ अंकको लिएको छ । नर्वे १० सहित चौथो स्थानमा छ ।
शनिबारको रामोसले स्पेनिस फुटबल ईतिहासमा नयाँ कीर्तिमान रचे ।
उनले स्पेनको राष्ट्रिय फुटबल टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गरे । उसले स्पेनबाट १ सय ६८ क्याप जिते ।
यसअघि ईकर कासिलासको नाममा सो कीर्तिमान रहेको थियो ।

रियल मड्रिडका ३३ बर्षिया स्टार खेलाडी रामोसले सन् २००५ मा स्पेनबाट डेब्यु गरेका थिए । उनले स्पेनको स्वर्णिय युगको समय विश्वकप र दुई युरो कपको उपाधि उचालेका थिए ।
रामोस अब ईजिप्टका मिडफिल्डर अहमेद हसनको १ सय ८४ खेलको विश्व कीर्तिमानतर्फ अघि बढेका छन् । हसनले सो कीर्तिमान १९९५ देखि २०१२ सम्म खेल्दै तय गरेका थिए ।
कीर्तिमानी क्याप पुरा गरेपछि रामोसले भने, 'सबै ब्यक्तिगत कुराहरु दास्रो प्राथमिकताको बिषय हो ।'
'म १ सय ६८ क्याप जित्दा खुसी छु । यो पछ्याउने बिषय हैन । तर यसले ठुलो सम्मान दिएको छ । यो धेरै बर्ष गर्व गर्ने बिषय बनेर बस्नेछ ।' रामोसले भनेका छन् ।