एजेन्सी । ईटाली युरो कप २०२० मा छनोट भएको छ ।
रोमामा भएको खेलमा ग्रिकलाई २–० गोल अन्तरले पराजित गर्दै ईटालीले अर्को बर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लण्डन क्लब चेल्सीका मिडफिल्डर जोर्गिन्होले ईटालीलाई अग्रता दिलाए ।
जेगिन्होले ६३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ईटालीलाई अगाडी बढाएका हुन् ।
फेडेरिको बर्नार्डेस्कीले ७८ औ मिनेटमा गोल गर्दै ईटालीको जित सुनिश्चित गरेका थिए ।
जितसंगै ईटालीले समुह जेको खेलमा २१ अंक बटुलेको छ । उसले दोस्रो स्थानको अल्मेनियासंग ११ अंकको अग्रता लिएको छ ।

ग्रिकको छनोट हुने गणितिय सम्भावना बाँकी छ ।
तर त्यसका लागि ग्रिकको निरन्तर जितसंगै माथिल्ला टिमको खराब नतिजाको ग्रिकले कामना गर्नुपर्नेछ ।
ईटालीले समेत पहिलो हाफमा कुनैपनि गतिलो आक्रमण ग्रिकविरुद्व बुन्न सकेको थिएन ।
तर दोस्रो हाफको खेलमा सुधार गर्दै जोर्गिन्होले गोल गरेपछि ईटाली लयमा देखिएको थियो ।