एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा जर्जिया र आयरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।
छनोट अन्तर्गत शनिबार राति भएको समूह चरणको खेलमा जर्जिया र आयरल्याण्डले गोल रहित बराबरी खेलेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । बल पोजिसनमा जर्जियाले पकट जमाएपनि गोल गर्न सकेनन् ।
बराबरीसँगै समूह 'डी' को आयरल्याण्डले ६ खेलबाट १२ अंक जोडेको छ । आयरल्याण्ड शीर्ष स्थानमा छ । जर्जियाले ६ खेलमा ५ अंक जोडेको छ । जर्जिया चौंथो स्थानमा छ ।
