काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपालको राष्ट्रिय फुटबल टिम जोर्डन पुगेको छ ।
अष्ट्रेलियासँग बिहिबार प्रतिस्पर्धा गरेको नेपाली टिम शनिबार जोर्डन पुगेको हो ।
नेपाल टिम अष्ट्रेलियाको क्यानबेराबाट जोर्डन गएको हो । नेपालले जोर्डनसँग मंगलबार खेल्नेछ ।
नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो ।
समूह 'बी' को नेपालले ३ खेलमा ३ अंक जोडेको छ ।
यसअघि नेपालले कुवेतसँग ७-० को हार व्यहोरेको थियो । तर, नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो ।