एजेन्सी । स्पेनिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्ट मोरिनोले युवा स्टार अंशु फातीले स्पेनबाट युरो कप खेल्ने सक्ने बताएका छन् ।
बार्सिलोनाका १६ बर्ष फाती यस सिजनको सुरुवातबाटै चर्चामा छन् ।
उनी बार्सिलोनाबाट सबै भन्दा कम उमेरका गोल गर्ने खेलाडी बनेका थिए ।
फातीले स्पेनिस लिगमा ओसासुनाविरुद्व गोल गरेका थिए ।
पश्चिम अफ्रिकी राष्ट्र गिनी बिसाउमा जन्मिएका फातीलाई पोर्चुगलबाट अन्तराष्ट्रिय स्तरको फुटबल खेल्ने अवसर थियो ।
तर उनले स्पेनलाई रोजेका छन् । यसै हप्ता उनलाई स्पेनिस नागरिकता प्रदान गरिएको छ ।
फाती भर्खरैमात्र स्पेनको यू–२१ राष्ट्रिय फुटबल टिममा बोलाईएका छन् । बार्सिलोनाका सहकर्मी कार्लिस पेरेजले चोट बाकेपछि फातीलाई टिममा बोलाईएको हो ।
प्रशिक्षक मोरिनोले युरो २०२० का लागि फातीलाई लिएर काम गर्ने सोच रहेको संकेत गरेका छन् ।
'उनी अवश्यपनि संगै भएको राम्रो हो ।' शनिबार नर्वे भ्रमणमा निस्किएका मोरिनोले भने, 'हामीले उनलाई प्रारम्भिक सुचिमा राखेका छौ ।'
'उनले उमेर समुहको प्रणालीलाई भंग गरेका छन् । हाम्रो मान्यता छ, यस्ता खेलाडी हुन आवश्यक छ । जोसंग लक्ष्य छ ।' उनले थपे, 'यदी उनी गोल गर्न सुरु गर्छन् र बाहिर निस्किन्छन् भने हामी यस्ता खेलाडीलाई छोड्न सक्दैनौ ।'
'सबै राम्रा खेलाडीलाई स्वागत छ । अंशुले धेरै राम्रो चिज देखाएका छन् ।' माेरिनाेले भने, 'निश्चयपनि युरो कपलाई लिएर उसको सम्भावना छ ।'
युरो कपपछि मोरिनोको स्पेनिस राष्ट्रिय टिमसंगको सम्झौता सकिदैछ ।
व्यक्तिगत कारण देखाउँदै लुईस एनरिकेले पदबाट राजीनामा दिएपछि मोरिनोले टिमको कमान्ड सम्हालेका थिए ।
'हामी ३० अंक बटुल्न ध्यान केन्द्रित गरिरहेका छौ । आशा गरौ हामी छनोट हुनेछौ । तर म सबै खेल जित्न चाहन्छु ।' युरो कपसम्मका लागि स्पेनिस टिमको जिम्मेवारीमा रहेका मोरिनोले भनेका छन् ।