एजेन्सी । फ्रान्सका मिडफिल्डर एन'गोलो कान्टेले चोट बोकेका छन् ।
सन् २०२० मा आयोजना हुने युरोकप छनोट अन्तर्गत आइसल्याण्डविरुद्धको खेलअघि कान्टेले चोट बोकेका हुन् । खेलअघि वार्म अप गर्दा कान्टेले चोट बोकेका हुन् ।
चेल्सीका मिडफिल्डर कान्टेको ग्रोईन इन्जुरी भएको बताईएको छ । चोट बोकेपछि कान्टे आइसल्याण्डविरुद्ध मैदान उत्रिएनन । उनको स्थानमा मौसा सिसोकोले खेलेका थिए ।
चोट बोकेपछि कान्टेले सोमबार टर्कीविरुद्धको खेल समेत गुमाउने सम्भावना रहेको छ ।
आइसल्याण्डविरुद्ध ओलिभर जेरुडको निर्णायक गोलमा फ्रान्सले १-० को जित निकालेको थियो ।