फेडेरर र जोकोभिक पराजित
शुक्रबार, २४ आश्विन २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक सांघाई मास्टर्सको क्वाटरफाइनलबाट बाहिरिएका छन् ।
चीनको संघाईमा शुक्रबार भएको खेलमा सर्बियन जोकोभिक ग्रिसका स्टेफानोससँग पराजित भए । जोकोभिकलाई स्टेफानोसले ३-६, ७-५ र ६-३ ले पराजित गरे ।
अब स्टेफानोसले सेमिफाइनलमा डानिल मेड्भेदेबसँग खेल्ने छन् ।
यस्तै अर्को क्वाटरफाइनलमा स्विस खेलाडी रोजर फेडेरर एलेक्सजेन्डर जेभरेभसँग ६-३, ६-७ (७-९) र ६-३ ले पराजित भए ।
जेभरेभले अब माटियो बेरेट्टिनी र डोमिनिक थिमबीचको विजेतासँग खेल्नेछन् ।






-1767335931387.jpeg&w=3840&q=75)









