एजेन्सी । इटालियन क्लब युभेन्ट्सको मिडफिल्डर आरोन रामसे वेल्सको राष्ट्रिय टिममा पर्न असफल भएका छन् ।
वेल्सले युरो कप छनोट अन्तर्गत स्लोभाकियाविरुद्धको खेलका लागि घोषणा गरेको टिममा रामसे नपरेका हुन् ।
फिटनेसमा समस्या रहेको भन्दै वेल्सले रामसेलाई टिममा नराखेको हो । तर, मुख्य प्रशिक्षक रायन गिग्सले २८ वर्षे रामसे क्रोएसियासँगको खेलमा भने उपलब्ध हुने विश्वास लिएका छन् ।
वेल्सले छनोट अन्तर्गत बिहिबार राति स्लोभाकियासँग खेल्दैछ । यस्तै आइतबार क्रोएसियासँग खेल्नेछ ।
समूह 'ई' मा रहेको वेल्स समूहको तेस्रो स्थानमा रहेका छन् ।