एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका पूर्व गोलकिपर पिटर चेकले अब आइस हक्की खेल्ने भएका छन् ।
फुटबलबाट सन्यास लिएका चेकले इंग्ल्याण्डको आइस हक्की टिम गुइल्डफोर्ड फोनिक्ससँग सम्झौता गरेका छन् ।
आर्सनलका पूर्व गोलकिपर समेत रहेका चेक गुइल्डफोर्डमा गोलकिपरको रुपमा अनुबन्धित भएका हुन् । गुइल्डफोर्ड दोस्रो डिभिजनको लिग क्लब हो । चेक क्लबमा तेस्रो रोजाईका किपरको रुपमा रहने छन् ।
चेक गणतन्त्रका ३७ वर्षे चेकले राष्ट्रिय टिमबाट १२४ खेल खेलेका छन् । उनले ४ प्रिमियर लिग, ५ एफए कप,४ लिग कप र १/१ पटक च्याम्पियन्स लिग र युरोपा लिग जितेका छन् ।
