बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रतिस्पर्धा बिनै उपाध्यक्षको ‘छोरा’ राष्ट्रिय टिममा

बिहिबार, १६ आश्विन २०७६नमीन ढकाल
प्रतिस्पर्धा बिनै उपाध्यक्षको ‘छोरा’ राष्ट्रिय टिममा
Loading ad...
mustang rice ad

काठमाडौं । प्रारम्भिक टोलीमै नपरेका अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको छोरालाई राष्ट्रिय टिममा समावेश गरिएको खुल्न आएको छ ।

जोर्डनमा भएको यू–१६ एएफसी च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा र छनोट प्रक्रियामा समावेशनै नगरि एन्फा उपाध्यक्षका छोरा पाथ्युङहाङ नेम्वाङलाई राष्ट्रिय टिममा समावेश गरिएको खुल्न आएको हो ।

नेपालले सेप्टेम्बर १४ देखि २२ सम्म जोर्डनमा भएको एएफसीको छनोट प्रतियोगिता खेलेको थियो ।

प्रतियोगिताको दौरान खेलपाटी डट कमले योग्य खेलाडीलाई बाहिर राख्दै उपाध्यक्षको छोरालाई राष्ट्रिय टिममा घुसाईएको समाचार प्रकाशन गरेको थियो ।

तर प्रतियोगिता सकेर नेपाल फर्किए लगत्तै समाचारको खण्डन गर्दै तीन जना प्रशिक्षकले संयुक्त बिज्ञप्ती जारी गर्दै खेलाडी छनोट निष्पक्ष भएको जिकिर गरेका थिए ।

हेर्नस बिज्ञप्ती -

मुख्य प्रशिक्षक सुनीलकुमार श्रेष्ठ, प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले निकालेको संयुक्त बिज्ञप्तीको दलिल थियो, एमआरआई गर्दा गोलकिपर इश्वर गुरुङ, प्रदीप लम्साल र असिम राई बाहिरिएपछि बैकल्पिक खेलाडीमा रहेका खेलाडीहरु मध्यबाट पाथ्युङ्ग हाङ्ग नेम्वाङ, दिपेश राई र कृष्टल शाक्यलाई ९ दिनको ट्रेनिङबाट पुन छनौट गरि सहभागि गराईएको हो ।

तर एन्फाले एएफसी यू–१६ का लागि निकालेको प्रारम्भिक सुचिमा उपाध्यक्षका छोरा पाथ्युङ्गको नामनै छैन । पाथ्युङ्ग मात्र नभएर दिपेश र कृष्टलसमेत प्रारम्भिक सुचिमा छैनन् ।

हेर्नुस एन्फाकाे प्रारम्भिक ४२ सदस्यीय टाेली :

तीन जना खेलाडीलाई प्रतिस्पर्धा बिनै सिधै राष्ट्रिय टिममा समावेश गराएको तथ्य खुल्न आएको छ ।

एन्फा स्रोतका अनुसार आफ्नो छोरालाई राष्ट्रिय टिममा राख्न एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले दबाब दिएका थिए । उनकै निर्देशनमा प्रराम्भिक टोलीमै नरहेका गोलकिपरमा पाथ्युङहाङ सहित तीन खेलाडीलाई राष्ट्रिय टोलीमा सिधै समावेश गरिएको हो ।

प्रशिक्षकको छनोट कमिटिले उमेर समुहको प्रतियोगितामा पहिलो रोजाईबाट खेल्दै आएका गोलकिपर रोशन नेपाललाई टिम बाहिर राख्दै खेलाडी छनोट गरेको थियो ।
गोलकिपर प्रशिक्षक बिनोद महर्जनले रोशनको उचाई कम भएको कारण उनलाई टिम बाहिर राखेको खेलपाटीलाई बताए ।

उनले खेल्न क्रममा गोलकिपर रोशनले चरम लापरबाही गरेको देखिएका कारण उनलाई टिम बाहिर राखेको समेत आरोप लगाए ।

'म्याच खेल्न जाँदा जर्सी नहुने । टिम लाईनअपमा हुदाँ गोलकिपर नहुने जस्तो घटना सुने । सोही कारण उसलाई टिममा नराखेको हो ।' महर्जनले खेलपाटीसंग भने ।

तर रोशनले एन्फा कम्प्लेक्समा बिहानै उठेर अभ्यास गरेको कारण देखाउँदै टिम बाहिर राखेको जानकारी आफुले पाएको खेलपाटीस‌‌ग बताएका थिए ।

प्रशिक्षकको प्रष्टिकरण

यु–१६ टिमका गोलकिपर प्रशिक्षक बिनोद महर्जनले सहजताका आधारमा एन्फा उपाध्यक्षको छोरालाई राष्ट्रिय टिममा राखिएको प्रष्टिकरण दिएका छन् ।

'पाँच जना खेलाडीमा दुई जना एमआरआईमा बढी उमेरका देखिए । समय कम थियो । सहजताका आधारमा पाथ्युङ्गलाई टिममा राखेको हुँ ।' उनले भने, 'खेल्न नजान्ने भएपनि उचाई भएका खेलाडीलाई लिनु भन्ने निर्देशन थियो ।'

प्रशिक्षक महर्जनले पाथ्युङहाङ भन्दा रोशनको खेल राम्रो भएको स्विकार गरे । तर उचाईका आधारमा पाथ्युङहाङलाई राष्ट्रिय टिममा राखिएको दाबी गरे ।

उपाध्यक्षको दबाब

एन्फा स्रोतका अनुसार उपाध्यक्ष पंकज नेम्वाङले दबाब दिएर प्रशिक्षकलाई झुटो बिज्ञप्ती निकाल्न बाध्य बनाएका हुन् । फुटबलमा आमुल परिवर्तनको नारा सहित एन्फा प्रवेश गरेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ फुटबल संघभित्र फरक गुट बनाएर निर्णय प्रक्रियामा हाबी हुदै आएका छन् ।

उनकै निर्देशनमा प्रवक्ता किरण राईले तयार पारेको बिज्ञप्तीमा प्रशिक्षकलाई हस्ताक्षर गर्न लगाएर बिज्ञप्ती जारी गरिएको एन्फा स्रोत बताउँछ ।

उपाध्यक्षको निर्देशन अनुसार बिज्ञप्ती जारी गरेपछि बर्खास्तीको तयारीमा रहेका तीनै जना प्रशिक्षकको पद जोगिएको छ । एएफसी छनोट च्याम्पियनसिपमा खराब नतिजा निकालेपछि एन्फाले तीनै जना प्रशिक्षकलाई बर्खास्त गर्ने तयारी गरेको थियो ।

तर उपाध्यक्षको छोरालाई प्रतिस्पर्धा बिनै राष्ट्रिय टिममा राखेपछि तीन जना प्रशिक्षकको पद जोगिएको हो । जोर्डनमा भएको छनोटमा नेपाल घरेलु टोली र ताजकिस्तानसंग ७–० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै कुवेतसंग १–१ को बराबरी खेलेको नेपालले श्रीलंकालाई ३–० ले हराएको थियो ।

जोर्डनमा लज्जास्पदक नतिजा आत्मसाथ गरेपछि एन्फाले सुनीलकुमार श्रेष्ठ, राजकुमार केसी र गोलकिपर बिनोद महर्जनलाई बर्खास्तको तयारी गरेको थियो । तर उपाध्यक्षलाई जोगाउने झुटो बिज्ञप्ती सार्वजनीक गरेपछि तीन जनाकै पद तत्कालका लागि जोगिएको एन्फा स्रोत बताउँछ ।

दबाबमा प्रशिक्षककाे राजीनामा 

उपाध्यक्ष नेम्वाङ सहित एन्फाका केही पदाधिकारीले साफ यू–१८ च्याम्पियनसिपमा नेपालको खराब नजिताको कारण देखाउँदै चेतनारायण श्रेष्ठलाई पद छाड्न दबाब दिएका थिए । नेपाल समुह चरणबाटै बाहिरिएपछि उपाध्यक्ष नेम्वाङको निर्देशनमा चेतनारायणलाई राजीनामा बुझाउन दबाब दिईएको थियो ।

श्रेष्ठले साफमा खराब नतिजा निस्किएनि एएफसी च्याम्पियनसिप छनाेटसम्म टिम हेर्न दिन उपाध्यक्ष समक्ष अनुरोध गरेका थिए । तर भुटानसंग समेत हारेको कारण देखाउँदै उनलाई बर्खास्त गर्ने चेतावनी उपाध्यक्षले दिएका थिए ।

अन्तिममा उपाध्यक्षको दबाबमा परेका श्रेष्ठ नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका थिए । मुख्य प्रशिक्षक श्रेष्ठसंगै प्रशिक्षक सरोज श्रेष्ठ र गोलकिपर छन्नुराम चौधरीलाई समेत पद छाड्न दबाब दिईएको थियो ।

सोही कारण तीनै जना प्रशिक्षककाे पद गुमिसकेकाे छ ।

खराब नतिजाका कारण यू–१८ टिमका तीनै जना प्रशिक्षकसंग राजीनामा मागेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ आफ्ना छोरालाई प्रतिस्पर्धा बिनै राष्ट्रिय टिममा समावेश गरेको यू–१६ का प्रशिक्षकबारे मौन बसेका छन् ।

बाध्य बनाएर बिज्ञप्ती – एन्फा उपाध्यक्ष

एन्फा उपाध्यक्ष तथा टेक्निकल कमिटिका संयोजक कृण्ण थापा भने प्रशिक्षकलाई बाध्य बनाएर बिज्ञप्ती निकालिएको हुन सक्ने बताएका छन् । खेलाडी छनोटमा प्रशिक्षकले टेक्निकल कमिटि लगायत अन्य प्रशिक्षकसंग कुनै सल्लाह नगरिएको बताउँदै उनले दबाबमा आएर बिज्ञप्ती निकालेको देखिएको खेलपाटीसंग बताए ।

उनले खेलाडी छनोटको विवादका बिषयमा प्रशिक्षकले बिज्ञप्ती जारी गर्न नमिल्ने बताउँदै एन्फा र टेक्निकल कमिटिले मात्र आधिकारिक धारणा राख्न सक्ने बताए ।

खेलाडी छनोटमा प्रशिक्षकको गल्ती देखिएको बताउँदै उपाध्यक्ष थापाले हतास र डराएर प्रशिक्षकले बिज्ञप्ती निकालेको उल्लेख गरेका छन् ।

प्रशिक्षकको बिज्ञप्ती आँखामा छारो हान्ने गरि आएको उल्लेख गर्दै उनले गल्ती ढाकछोप गर्न नमिल्ने खेलपाटीलाई बताएका छन् ।

प्रवक्ता भन्छन् – सबै जिम्मेवारी प्रशिक्षकको हो ।

एन्फा प्रवक्ता किरण राई भने खेलाडी छनोटको सम्पुर्ण अधिकार प्रशिक्षकको रहेको बताए ।

एन्फाले सम्पुर्ण जिम्मेवारी प्रशिक्षकलाई दिएको बताउँदै उनले प्रशिक्षकले कोही पनि खेलाडी छनोट गर्न सक्ने जिकिर गरेका छन् ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा