काठमाडौं । महिलाको फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।
नयाँ वरियतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १०१ औं स्थानमा रहेको थियो ।
नेपालले दुई साता अघि किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबल प्रतियोगिता खेलेको थियो । नेपाल उपविजेता बनेको थियो ।
दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल अघि भारत ५८ औं स्थानमा रहेको छ ।
दक्षिण एसियामा बंगलादेश १३२ औं, श्रीलंका १३८ औं, माल्दिभ्स १४० औं र भुटान १५५ औं स्थानमा रहेको छ ।
नयाँ वरियतामा अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौथो र स्विडेन पाँचौ स्थानमा रहेका छन् ।