बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालमाथि भारतको कीर्तिमानी जित

मंगलबार, ३० बैशाख २०८२मनोज थापा (हिमालयन मनोज)
नेपालमाथि भारतको कीर्तिमानी जित
Loading ad...
mustang rice ad

इटानगर (भारत)। नेपालविरुद्ध कीर्तिमानी जित निकाल्दै घरेलु टोली भारतले अपराजित रहँदै साफ यु–१९ च्याम्पियनसिपको समूह चरणको खेल सक्काएको छ।

गोल्डेन जुब्ली स्टेडियममा मंगलबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतले ४–० को जित निकालेको हो। यु–१९ प्रतियोगितामा भारतको यो नेपालविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो। अझ निर्धारित समयमा नतिजा आफ्नो पक्षमा पारेको यो नै पहिलोपल्ट हो।

यसअघि भएका दुवै भेटमा दुवै टोलीले पेनाल्टी सुटआउटमार्फत खेल जितेका थिए। सन् २०१५ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा घरेलु टोली नेपालले पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै उपाधि नै हात पारेको थियो।

त्यसको आठ वर्षपछि अर्थात २०२३ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो भेटमा भने भारतले उसैगरी बदला लिँदै पेनाल्टी सुट आउटमा नेपाललाई ३–२ ले पाखा लगाउँदै फाइनलमा स्थान बनायो र उपाधि नै हात पार्‍यो। यी दुवै खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो। तर, यसपल्ट भने नेपालविरुद्ध भारतले गोलको वर्षा गराएको हो।

यो नतिजासँगै समूह विजेता बनेको भारतले दुई खेलबाट ६ अंक बटुल्यो। भारतले पहिलो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।अब भारतले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेता माल्दिभ्ससँग खेल्ने छ। माल्दिभ्सले बंगलादेश र भुटानसँग समान २–२ को बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

नेपालले भने बंगलादेशसँग खेल्ने भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो। भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह ‘ए’को विजेता बनेको थियो। भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले समान एक गोल गरेका हुन्। नेपालले २७ मिनेटसम्म भारतलाई गोलरहित बराबरीमा रोकेको थियो।

तर, अर्को मिनेटमै डिफेन्डरको गल्तीका कारण गोल खान पुगेको हो। एमएस थोक्छुमले दिएको क्रसलाई विफल बनाउन बक्सनजिक रहेका प्रशान्त मोक्तानले फ्रि हेडर गरेका थिए। तर, आफ्नै पोस्टतिर पुग्दा रोहिनले गोल गर्ने अवसर प्राप्त गरेका हुन्। उनलाई रोक्न सुवास बम पुगे पनि सफल हुन सकेनन्।

लगत्तै नेपाली डिफेन्डरले अर्को गल्ती गर्न पुगे। तालमेल नमिल्दा कप्तान राम थापाले दिएको ब्याक पास बल भारतका डानी मेथाईले खोसेका थिए।

उनले दिएको क्रसलाई सिक्स यार्ड बक्सनजिकबाट उमंगले गोलमा परिणत गरे। उनलाई रोक्न प्रशान्त नै पुगेका थिए। तर, ओमङले छक्याउँदै सहजै गोल गर्न सफल रहे।

७६औं मिनेटमा रोहिनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। डानीले प्रहार गरेको बललाई गोलकिपर भक्तबहादुर परियारले विफल बनाएका थिए। तर, रिबान्डमा रोहनले सहजै गोल गरे।

८४औं मिनेटमा डानी आफैंले गोल गरे। सिंगामायुम सामीले प्रहार गरेको बललाई पुन: भक्तबहादुरले रोकेका थिए। रिबान्डमा डानीले सहजै जाली चुमाउँदै सानदार जित दिलाए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य