काठमाडौं । सुजन स्मृति सिक्स 'ए' साइड फुटबल प्रतियोगिताको १३ औं संस्करण आगामी कात्तिकमा आयोजना हुने भएको छ ।
समाज कल्याण खेलकुद केन्द्रले आयोजना गर्ने प्रतियोगिता कात्तिक २ गतेबाट सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी टिमको भने तय भएको छैन । प्रतियोगितामा सहभागी हुन ७ हजार दर्ता शुल्क लाग्ने छ ।
प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार पाउने छन् ।
मनाङ मर्स्याङ्दी क्लबका यू-१४ टिमका कप्तान रहेका सुजन गिरीको स्मृतिमा समाज कल्याणले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकले प्रतियोगिता २०६४ सालबाट सुरु गरेको हो ।