एजेन्सी । युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चोटबाट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् ।
३४ वर्षीय पोर्चुगिज फरवार्ड रोनाल्डो बिहिबारबाट टिमको प्रशिक्षणमा फर्किएका हुन् । खुट्टाको फिलामा समस्या देखिएपछि रोनाल्डो पछिल्लो खेलमा टिम बाहिर रहेका थिए ।
गत मंगलबार राति यसै सिजन बढुवा भएको क्लब ब्रेसियाविरुद्ध युभेन्ट्सले २-१ को जित निकाल्दा रोनाल्डो टिममा थिएनन् । तर, अबको लिग खेल र च्याम्पियन्स लिगमा भने रोनाल्डो उपस्थित हुनेछन् ।
युभेन्ट्सले शनिबार लिगमा एसपीएएलसँग खेल्दै छ । उक्त खेलमा रोनाल्डो मैदानमा उत्रने युभेन्ट्सले पुस्टि गरेको छ ।
