एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिया पराजित भएको छ । बिहिबार राति भएको खेलमा सेभिया इबरसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सेभियाले बनाएको दुई गोलको अग्रता उल्टाएर इबरले जित निकालेको हो । इबरको जितमा फाबियान ओरेलाना, पेड्रो लियोन र जोसे एन्जल्सले एक एक गोल गरे ।
सेभियाका लुकास ओकम्पोस र ओलिभर टोरेसले एक एक गोल गरे ।
सेभियालाई हराएसँगै इबरले लिगमा पहिलो जित निकालेको छ । १६ औं स्थानको इबरको ६ अंक रहेको छ ।

इबरसँग पराजित भएसँगै सेभियाले लिगको शीर्ष तीनमा उक्लने मौका गुमाएको छ । सातौं स्थानको सेभियाको १० अंक रहेको छ ।
अर्को खेलमा रियल सोसिडाडले डिपोर्टिभो अल्भेसलाई ३-० ले हराएको छ । सेल्टा भिगो र स्पानियोलले १-१ गोलको बराबरी खेलेको छ ।