• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ यू-१८ : को बन्ला नयाँ च्याम्पियन ?
नमीन ढकाल
शुक्रबार, असोज १०, २०७६ नमीन ढकाल
साफ यू-१८ : को बन्ला नयाँ च्याम्पियन ?

काठमाडौं । तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलमा नेपालमा जारी छ । हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा जारी प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भईसकेको छ ।

बुधबार भारत र श्रीलंकाबीचको खेलसँगै समूह चरणको खेल सकिएको थियो । र, सेमिफाइनल पुग्ने चार टोलीको तय भएको थियो ।

यस संस्करणमा भारत, बंगलादेश, माल्दिभ्स र भुटानले अन्तिम चारको यात्रा तय गरेका छन् । शुक्रबार हुने सेमिफाइनलमा भारतले माल्दिभ्स र बंगलादेशले भुटानसँग खेल्नेछ । दुई पटकको च्याम्पियन नेपाल भने समूह चरणबाटै बाहिरिएको छ ।

अघिल्ला दुई संस्करणमा जबर्जस्त प्रदर्शन गरेको नेपाल प्रतियोगिताबाट बाहिरिने पहिलो टिम समेत बनेको थियो । नेपालले सन् २०१५ र १७ मा भएको दुई संस्करणको उपाधि जितेको थियो ।

नेपाल घरेलु मैदानमा उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा थियो । तर, खराब प्रदर्शन गरेपछि नेपालको सपना तुहिएको थियो । हारसँगै प्रशिक्षक चेत नारायण श्रेष्ठले पदबाट राजीना नै दिएका थिए ।

समूह 'ए' को नेपालले मात्र १ अंक जोडेको थियो । यस समूहबाट भुटान समूह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनल पुगे ।

नेपाल प्रतियोगिताबाट बाहिरिएपछि साफ यू-१८ फुटबलले नयाँ च्याम्पियन पाउँदैछ । त्यसैले अब चार राष्ट्रलाई पहिलो पटक उपाधि हात पार्ने अवसर रहेको छ ।

सेमिफाइनल पुगेका चार वटै टिम उपाधिका लागि अब्बल देखिएका छन् । चार वटै टिमले समूह चरणमा जबर्जस्त प्रदर्शन गरेका थिए । तर, अघिल्ला संस्करणको नतिजा हेर्दा भारत र बंगलादेशलाई मुख्य दाबेदार मानिएको छ ।

सन् २०१५ मा भएको पहिलो संस्करणमा भारत फाइनल पुगेको थियो । तर, भारत आयोजक नेपालसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । दोस्रो संस्करणमा भारत तेस्रो भएको थियो ।

तर, भारत तेस्रो सहभागितामा भने च्याम्पियन बन्ने योजनामा हुनेछ । भारत समूह 'बी' को विजेता समेत हो । समूह चरणमा भारतले श्रीलंकालाई हराउँदा बंगलादेशसँग बराबरी खेलेको थियो ।

भुटानमा भएको सन् २०१७ को साफमा बंगलादेश फाइनल पुगेको थियो । तर, बंगलादेश नेपालसँग हेड टु हेडमा पराजित भएको थियो । पाच देश सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईएको थियो । जसमा नेपाल र बंगलादेशको समान ९ अंक भएपनि नेपाल हेड टु हेडको आधारमा उपाधि हात पार्न सफल भएको थियो ।

यस पटक भने बंगलादेश उपाधि जितेर घर फर्कन चाहन्छ । बंगलादेशले समूह चरणमा आफुलाई प्रमाणित समेत गरेको छ । समूह 'बी' को उपविजेता बंगलादेशले भारतसँग बराबरी खेल्दा श्रीलंकालाई हराएको थियो ।

यता, भुटान र माल्दिभ्स भने अण्डर डग टिमको रुपमा रहेका छन् । समूह चरणमा दुवै टोलीले नेपालविरुद्ध सनसनी प्रदर्शन गरेको थियो । जसको कारण दुई पटकको च्याम्पियन नेपालको यात्रा समूह चरणबाटै सकिएको थियो ।

भुटानले नेपाललाई ३-० ले हराएको थियो । भुुटानले नेपाललाई दोस्रो संस्करण झै तेस्रो संस्करणमा पनि हराउन सफल रह्यो । भुटान प्रतियोगितामा नेपाललाई हराउने एक्लो टिम हो । तेस्रो संस्करणसम्म आउदा ९ खेल खेलेको नेपाल २ खेलमा मात्रै पराजित भएको छ । दुवै पटक नेपाल भुटानसँग पराजित भएको हो ।

भुटानले माल्दिभ्ससँग भने गोलरहित बराबरी खेलेको थियो । र, भुटान ४ अंक जोडेर समूह विजेता बनेको थियो । समूह चरणमा उच्च प्रदर्शन गरेको भुटान पहिलो पटक फाइनल पुग्दै उपाधि जित्न चाहन्छ । तर, अहिलेसम्म भुटानले फाइनलमा स्थान बनाउन सकेको छैन ।

माल्दिभ्सले पहिलो खेलमा नेपालसँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानसँग गोलरहित बराबरी खेल्दा माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । माल्दिभ्स पहिलो पटक सेमिफानल पुगेको हो । तर, यस संस्करणमा भने माल्दिभ्स उपाधि जित्न चाहन्छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP