एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर एन्डर हरेराले ब्राजिल स्टार नेयमारले एकदिन बालोन डी’ओर अवार्ड जित्ने बताएका छन् ।
फ्रान्सेली लिग वानको यस सिजन नेयमारले प्रभावशाली प्रदर्शन गरिरहेको बताउँदै हरेराले एक दिन नेयमारले बालोन डी’ओर जित्ने बताए ।
‘म नेयमारसँग खेल्न पाउँदा खुशी छु । म उसको ट्रान्सफरको बारेमा कुरा गर्ने छैन,’ मिडफिल्डर हरेराले भने, ‘अहिले नेयमार हामीसँग छ । उ एक शानदार खेलाडी हो जसले यो सिजन, एक वा दुई वर्षमा बालोन डी’ओर जित्न सक्छ ।’
हरेरा यसै सिजनको जुलाईमा इन्ग्लिश क्लब म्यानचेष्टर युनाइटेडबाट पीएसजी आएका थिए । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
यस्तै हरेराले पछिल्लो समय चोटका कारण धेरै समय मैदानबाहिर रहदै आएका नेयमारले क्लबबाट यस सिजन भने सबै खेल खेलेको हेर्न चाहेको समेत बताए ।
‘नेयमार हामीसँग छ हामी धेरै खुशी छौ । म आशा गर्छु उनले पुरै सिजन यस्तै खेल खेलुन,’ हरेराले भने ।