एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सामाजिक संजाल फेसबुकसँग सहकार्य गरेको छ । आईसीसीले डिजिटल सामग्री प्रशारणको लागि फेसबुकसँग सहकार्य गरेको हो ।
आईसीसीले फेसबुकसँग बिहिबार चार वर्षे सम्झौता गरेको जनाएको छ । सम्झौता आगामी २०२३ सम्म रहनेछ ।
सम्झौतासँगै इन्डियन सब कन्टिनेन्टल क्षेत्रमा हुने आईसीसीको ठुला प्रतियोगिताहरुको पुनः प्रशारण, खेल, खेलको मुख्य घटनाहरु, फिचर सामग्री प्रशारणको अधिकार फेसबुकलाई हुनेछ ।
यो सम्झौताले क्रिकेट खेलको लोकप्रियता थप बढ्ने आईसीसीले जनाएको छ ।